किन हामी कृषि पेशा गर्न लजाइ राखेका छौं ?

 

Krishi Update

किन हामी कृषि पेशा गर्न लजाइ राखेका छौं ?

Krishi Update

के तपाई खेती गर्नु आफ्नो इज्जत र पहुचले दिदैन भन्ने सम्झनु हुन्छ ? अनी के यो तपाइहरुको समस्स्या हो भन्ने सम्झनुहुन्छ ? यदि त्यसोहो भने सम्झनुहोश भोक लाग्दा भोक सुल्झाउन खाना खानुनी तपाइहरुको समाधान हैन भनेर।
कतिपय मानिसहरूको सोच एति सम्म गिरेको हुन्छ कि खेती गर्दा इज्जत जान्छ अनी खेतीलाइ एउता सानो पेसाको रुपमा गन्छन्। तर म भन्छु र म के सोच्छु भने हामीलाइ जीवन दीने र जीवीत राख्ने र बाच्नको लागी चाहीने उर्जा हामी कृिष उपज बाटनै पाउछौ । कृषि मेरो लागी सबै भन्दा उच्च स्थानको पेसा हो(बुझ्नेलाइ शृखन्ड नबुझ्नेलाइ खुर्पाको बिड) । यो घामपानी धुलो माटोमा काम गर्नु पर्ने भएकोले होला यो पेशा प्रती सोच गीरेको, ब्यक्तीहरुले उच्च नमानेको होला तर ए मुर्ख मानिसहरु हामीलाइ यो जीवन प्रकृतीले दीएको हो जब प्रकृती संग नै प्रेम छैन भने हाम्रो यो जीवनको के काम । असलमा जीवनदान दिने मानीस अथवा लीने भन्दा दिने मानीसको नाम अगाडी आउछ त्यसैले स्वच्छ कृषि उपजहरुको उत्पादन गर्नुहोस् मानिसमाझ ल्याउनुहोस र सबैलाइ स्वास्थ्य बनाउने कोशिश गर्नुहोस ।
        यदी अहीलेसम्म जीवनमा केहि गर्न सक्नुभएको छैन भने, आजै देखी कृषि रोज्नुहोस अनी यो माटोसंग प्रेम गर्न थाल्नुहोस अवस्य सफलता हात पाउनुहुनेछ । बस कुरा यहि होकी थाकेर बस्नुहोस तर हारेर कहीले नबस्नुहोस । तपाइलाइ मेरो धेरै सुभकामना छ । अनी कृिष गर्न कहिले नलजाउनुहोस । जन्मेर हुर्केर माटोमै, अनि माटो संगनै प्रेम छैन भने त्यो मानिस मानिस हैन मुर्ती पनी हैन मानीसको नाममा जीउदो लाश हो । त्यसैले माटो संग प्रेम गरौं खेती गर्न नलजाऔ कृषि पेशा रोजौ।
धन्यवाद 

लेखक: सम्झना नाछीरीङ राई 

Post a Comment

1 Comments