किसानका व्यथा, बिन्ति र उराठलाग्दाे कृषि अबस्था
खै, म आफ्नो परिचय कसरी भनुँ , म आफूलाई किसान भनुँ या गरिबीको परिभाषा, धेरै जस्तो म दुबिधामा पर्ने गर्छु । म किसान जब आशा र भराेसा मिसिएकाे पहिरन ओडेर आफ्नाे कर्मभुमिमा जान्छु र छुन्छु माटाे,रूख विरूवालाई लाग्छ म यिनैका लागि बनेकाे हु र यिनी मेराे लागि ।म माटाेमा मेराे परिश्रम खन्याँउछु, पसिना चुहाउँछु र उब्जाउलाे संसारकाे पेट भर्छु र अाफैमा भाेकै रहन्छु । हलाे, कुटाे अनि काेदालाेमा सिमित याे जिन्दगीले कहिल्यै सुखकाे सास फेर्न पाएन दिउँसकाे चर्काे घाम, बर्खाकाे पानी र हिउँदकाे तुसाराेलाई चुनैति दिन नसके साँझकाे मामले चुनैति दिन्छ । जब असारकाे घाम र पानिलाई दिएकाे चुनैतिकाे फल असाेजकाे सुनका बाला संगै साटिन्छ तब मेराे उत्साह चुलिमा पुग्छ । अाँखाकाे मुहानबाट बगेका मेरा खुसी र पीडा मिसिएमा भेलहरू आखिर किन बगाँउदैन, मेराे गरिबी ? म भाग्यमा भन्दा श्रममा विश्वास राख्ने मान्छे, कसैका लागि मेराे लगनशीलता र परिश्रम प्रेरणकाे श्रेत हाे र कसैका लागि मेराे मेहेनत उठ्न नसकेकाे हैसियत हाे । म किसान, हलि-गाेठालाे मात्र काँहा हु र , म त धनी ठालुका सामु विहान-बेलुका हात मुख जाेड्ने माध्यम पनि हुँ, मलाई गर्व छ म उनिहरूले खाने अनकाे मालिक हुँ । म माहन छु, र पनि भन्दिनँ म माहन छु, किनकि म किसान हुँ ।
"नेपाल एक कृषि प्रधान देश हाे"यहि वाक्य वषाै देखि रेडियोमा सुन्दै अाएकाे छु तर साच्चिकै कृषिमा फड्को मारिएकाे छ त या उहीँ परम्परागत तरिका छ, साेँचदै आफ्नाे खेति गर्ने तरिकासँग दाजछु र मनमनै भन्छु याे त मैले र मेरा बा ले गर्ने तरिका हाे , आजसम्म उस्तै छ।साच्चै कृषिमा परिवर्तन कस्तो हुन्छ? आफै्मा प्रश्न गर्छु। प्रविधि भित्रिएर के गर्नु म जस्ता निम्न वर्गका किसानकाे लागि ती महँगा मेसिन भन्दा कुटाे, काेदालाे बेस। आजकल त महंगीले पनि आकाश छाेएकाे छ, तर पनि म हिजाे पनि एउटा गरिब किसान थिए र आज पनि त्यहि छु । मैले बेच्ने दु:ध बजार भाउ भन्दा प्रती लिटर २0 रूपैयाँ कममा किनिन्छ,आफू त कालाे अक्षर भैंसी बराबर हाे म याे २० रूपैयाँ काे हिसाब काँहा खाेज्न जानू ? मेराे प्रगति कसरी हुन्छ ?मेरो आशा-भराेसा हराउँदै छन् आखिर नहाेस् पनि कसरी घाम-पानी, आँधी-बेरी, केही नभनी दु:ख कष्ट गरेर उब्जाएको खेतीले यहाँ बजार पाउँदैन यदि पाइ हाल्यो भने पनि राम्रो मुल्य पाउदैन ।यहाँ मेरो पसिनाले मुल्य नपाउँदा सहरका मान्छेले तरकारी किनेर खान नसकेको सुन्छु । म गाेठकाे गाई भैंसीकाे दु:ध बेचेकाे पैसाले ढुटाे पिठो किन नसक्ने भएकाे छु । म धान बेचेकाे पैसाले ज्यालन तिर्न नसक्ने भएकाे छु ।जब बर्षाकाे पहिलाे स्पर्श जमिनमा पर्छ मलाई भन्दा खुसी कसलाई हुन्छ हाेला र!सम्पुर्ण आकाशे पानीमा निर्भर मेराे पेसा , पसाएकाे धानकाे जमिन सुखेर चिरा परेकाे हुन्छ र त्यहि चिरा संगै मेराे मन मुटु र आत्मविश्वासमा पनि चिरा पर्छ। समयमा पानी नपर्नुकाे कारण बढ्दै गएकाे जनसंख्या, प्रदुसण, रूख बिरुवा कटान जस्तो धेरै कारण हुन् । जस्ले गर्दा म जस्तो कयौं किसान आफ्नाे मात्र हाेइन सम्पुर्ण परिवारसंग झुन्डिएर जयान् दिन वाध्य हुन्छन् । जब पानी पर्छ र मनमा झिनाे अाश पलाउन थालेको हुन्छ , त्यहि वर्षा र असिनाले बारिकाे गँहु र तेरी चुटछ अनि मेराे मन बर्खाकाे कालो बादल जस्तै पिडाले त्यस बर्ष भरि गुमसिन्छ । जब खाेलाकाे छेउ जमिनमा गजाएकाे धान देख्छु मनमा केही आशाकाे झिलकाे पस्छ तर त्यो आशा,हर्ष छेडिक मात्र रहन्छ , छिनभरमै बाढी पसिदिन्छ र आँखाले नदेखिने गरेर टाढा पुराउछ । त्यहि खाेलाकाे भेलसँगै मेराे जिवनकाे दु:खकाे भेलकाे अारम्भ हुन्छ । म चुपचाप गलेका मेरा हातले गलेकाे माटाे उठाउँछु र फेरि खेतकाे आलि बनाउन लाग्छु । त्याे गरूङ्गा फरूवा चलाउदा बल्ल मलाई भान हुन्छ कि मेराे ऋणको भारी झनझन् गरूङ्गाे हुँदैछ सायद त्यहि ऋणको ब्याज तिरेरै मेराे जिवनकाे अन्त्य हुन्छ ।
सरकारले कृषकलाई दिने अनुदानहरू बारेमा पनि सुनेकै छु तर आजसम्म सुक्का मेराे हातमा परेको छैन। हरेक वर्ष रेडियोमा कृषिमा सरकारकाे लगानी सुन्छु तर त्यो लगानी साच्चिकै म जस्तो निम्न वर्ग पहुँच नभएकाे सम्म पुगेको छ त? पल्लो घरकाे हरिले गाई पाल्न अनुदान पायाे रे तर आज सम्म उस्काे गाेठमा गाई बाधेकाे देखेकाे छैन, खै कस्तो र कुन आधारकाे अनुदान त्यो ? सरकार फेरिए निति फेरिए तर फेरिएनन् गरिबका भाग्यहरू । "भाग्यमानीलाई परि-परि अभागीलाई टरी" भनेझैं लुटतन्त्रले गाँजेकाे याे देश अनि समाज म गरिब किसानकाे चीत्कार कस्ले सुनिदिने ? सायद म नै गलत थिए कि ? हुन त अरूलाई पनि दाेष किन दिनु खै, मातृभूमिमा केही गर्छु आफ्नाे देशमा दस नङ्गरा खियाँउछु भने साेच र कार्यकाे दाेष हाे। कहिले काहिँ त लाग्छ बरू खाडिकाे जिन्दगी नै बेस छ तर याे मातृभूमिकाे माेहले कहिले छाेडेन । सायद मैले हलाेले जाेत्दन र काेदाली खन्दा मेराे खेतलाई पीडा भएर श्रप दिएकाे हुनुपर्छ । हाे, म अशिक्षित छु मलाई नँया प्रविधि गुनस्तरिय बिउकाे जात किटनाशक र बिषादीकाे उच्चीत प्रयाेग , घट्दै गरेको मेराे खेतकाे उर्बर शक्ति जस्तो थुप्रै चिजकाे ज्ञान छैन । यहि झिनो आशामा र आफ्नाे मात्र नभएर म जस्तो कयौंका दुविधाकाे अन्तयकाे लागि अाफ्नाे सन्तानलाई कृषि पढाउने र कृषि विशेषग्य वनाउने सपनामा जुट्छु। म मेराे सन्तानका लागि अाधा पेट खाएर, आफ्नाे खेतलाई साउसँग राखेर आफ्नाे सपनाकाे फलकाे पर्खाइमा बस्छु । जब लाग्छ अब कि अब मेराे छाेराले मजस्ता कैयौं किसानका मर्ममा मलम लगाउने छ, छाेरा भन्छ बाबा म विदेश जान्छु त्यहाँ कृषि पढे्काेलागि राम्रो जागिर पाइन्छ। विदेश नै जानू थियोे भने म किन तिम्राेलागि यति धेरै सपना देख्ने थिए र ! म फेरि मुटुमा ढुङ्गा राखेर ऋण खाेजन बैंक भैतारीन्छु ।म जस्तो निम्न वर्गरका किसानले धेरै विशेषज्ञ बनाए तर अाफ्ने लागि कहिले पाएन विशेषज्ञ । म कस्तो देशकाे नागरिक जहाँँ कृषि ऐन,कृषि कानुन , कृषिमा लगानी जस्ता धेरै कुरा छन् जाे सामान्य मानिसले सायद बुझन पनि सक्दैन् तर बस् छन् त अक्षर र कागजका सेता पानामा। सरकार तिमी प्रति थुप्रै गुनासो छन् ।आखिर तिमी हामी किसानहरूकाे समस्यालाई कसरी नजरअन्दाज गर्न सक्छौ भन त ? तिम्रो त्याे ढाेकामा आएर ती बुढा किसानहरू राेइरहँदा ,तिमीले खाने चियाकाे गुलीयाे उस्तै थियोे ? त्यस चिसामा प्रयाेग हुने चियाको गुलीयाे त नुनिलो हुनुपर्ने किसानकाे आशुले तर भएन किनभने तिम्रो जिब्रो नस्क्रिय भएकाे छ, स्वार्थले साथै आखा मा कालाे पटि लागाेकाे छ ।याे त बस् एउटा उदाहरण मात्रै हाे यस्ता हजारौं समस्या बिध्यमान छन् ।
अन्ततः समय परिवर्तनशील छ हामी पिडामा रहनु भनेकाे तिमी भाेकाे रहनु हाे। जति कृषिलाई र किसानलाई हेपेपनि वर्तमान समयले सिकाएकाे छ प्रकृतिले पाढपठाएकाे छ , हामीसँग जतिसुकै धन सम्पति भएपनि हामीले त्यस पैसालाई खान त सक्दैनऊ नि ! पुरानो भनाइ छ सास रहँदा सम्म आश छाेड्नु हुदैन , आशा छ अब हरेक विहानीकाे सुर्य किरण सँग किसानका जीवनमा नँया उर्जा अनि खुसियालीका किरणहरू भित्रीनि छन्। बिन्ती छ, निराश नबनाईदेऊ । अबकाे समय भनेकाे आफ्नाे लागि मात्रै सेच्ने समय पकै हाेइन,याे त नँया पिडिलाई मार्ग दर्शन गर्ने समय हाे, बिन्ती छ अब त आफ्नाे जिम्मेवारी बेध गर । #
# सुवर्णराैप्यमाणिक्यवसनैरापि पुरिता :।।
ताथापि प्राथर्यन्तयेव कृषककान् भक्ततृष्णादया ।।
Meaning; तिमीसँग जति पैसा, सम्पति भएपनि तिमी खानाकाे लागि कृषकमा निर्भर छौ । ( Even after having all the all riches of world,you are dependent on farmer for food)
Writer: पुष्पा जि.सी (2nd sem : Bright Krishi Campus, Surkhet)
#जयकृषि #जयकिसान
0 Comments