वर्षायाम सुरु भएसँगै किसानहरुलाई यतिबेला धानको बीउ राख्ने चटारो छ। असार साउने झरी लाई मानो लगाई मुरी उब्जाउने समय पनि भनिन्छ। धानबाली नेपालको प्रमुख खाद्यान्न बाली पनि हो उपयुक्त पद्धति र विधि नअपनाउने कारणले गर्दा किसानलाई रोप्ने बेलामा बीउको हाहाकार पनि हुने गर्दछ । धान उत्पादनमा वृद्धि गर्नको लागि विशेषगरी बिउमा धेरै ध्यान दिनुपर्दछ धानको बिउ राख्दा ध्यान दिनुपर्ने कुराहरु
1. बीउको छनोट
2. बीउ बाहेक अरु कुरा हटाउने
3. बीउको उपचार
4. जग्गाको छनौट तयारी
बीउको छनोट
सबैभन्दा महत्वपूर्ण कुरा हो बीउको छनोट। बीउको छनोट गर्दा उन्नत जातको बीउ, पूर्णरुपमा जातीय शुद्धता भएको, लगाउने ठाउँ को हावापानी सँग सुहाउने, रोग कीरा नलागेको, झारपात नमिसिएको बीउ छनोट गर्नुपर्दछ।
बीउ बाहेक अरु कुरा हटाउने
बीउमा कुनै कुराहरु न मिसिएको हुनुपर्दछ हलुका भएका दानाहरु मा उमार शक्ति कम हुने भएकाले त्यस्ता दानाहरू हटाउनुपर्दछ।
बीउको उपचार
बीउ उपचार गर्दा सबैभन्दा पहिला बीउलाई ८ देखि १० घन्टासम्म सफा पानीमा भिजाउनुपर्छ छ जसले गर्दा भ्रुणलाई सक्रिय बनाउनको साथै बाहिरी आवरणलाई कोमल बनाउँदछ ।
जग्गाको छनौट र तयारी
सामान्यतया धानको दिन राख्न पारिलो घाम लाग्ने उर्वर माटो भएको, सिँचाइ सुविधा नजिक भएको, चरा किरा अन्य नियमित अनुगमन गर्न मिल्ने ठाउँको छनौट गर्नुपर्दछ। जग्गाको तयारी गर्दा एक महिना अघि बहिरो जोतेर पाकेको गोबर मल कम्पोष्टमल हाल्नुपर्दछ।
0 Comments