नेपालमा व्यावसायिक फूल खेतिको सम्भावना
नेपाली संस्कारमा जन्मेदेखि मृत्यु पर्यन्त जसबेला पनि आवश्यक्ता पर्ने फूल भन्नाले पवित्र बनस्पति बुझिन्छ भने पुष्प व्यवसाय भन्नाले फूल उत्पादन गरेर त्यसलाई बिक्रि गरेर जीविकोपार्जन गर्ने प्रकृयालाइ बुझाउछ।
नेपालमा भएको अवस्था
फूलको अनुपम सौन्दर्य देखेर हरेक मान्छेको मन मोहित बन्छ। फूल हेर्न, समीपमा जान, स्पर्श गर्न जानकारी लिन र सुगन्धको अनुभूति गर्न लालायित हुने मान्छे फूलफाई मानव जीवनको भावनात्मक सुन्दरता, असल स्वभाव र कोमलताको प्रतिक पनि मान्न सकिन्छ। फूल पकृतिको निरन्तरता सामाजिक, शारीरिक, मानसिक भावनात्मक र वातावरणीय महत्व र फाइदाहरू धेरै भएको फूलको आर्थिक महत्व र दायरा वर्तमान समयमा बढ्न थालेको छ।
फूल व्यवसाय:-
थोरै लगानीमा राम्रो आम्दानी, फूल व्यवसाय सुरू गर्न बढी लगानी पनि नलाग्ने तथा यसको बजार पनि निकै राम्रो भएको हुनाले यस व्यवसायप्रति युवाहरूको आकर्षण बढेको देख्न सकिन्छ। फूल व्यवसाय सुरु गर्ने हो भने देशमै बसेर जीवन राम्रोसँग चलाउन त्यति गाह्रो नपर्ने गरेको देख्न सकिन्छ।
**व्यवसाय सुरू गर्नु अघि ध्यान दिनुपर्ने कुराहरू**
- जुन फूलको व्यवसाय सुरु गर्न लागिएको त्यसको बजार।
- आफूले कति लगानीमा कत्रो व्यवसाय गर्ने?
- व्यवसाय संचालन गर्ने ठाउँ।
- सिचाइ तथा उत्पादनको लागि प्राविधिको प्रयोग, आदि।
कति लगानी लाग्छ?
फूल व्यवसायमा लाग्ने लगानी आफूले उत्पादन गर्ने फूलको किसिममा भर पर्छ। जस्तै:- बेमौसमी फूलको उत्पादन गर्ने हो भने मौसमी फूलको तुलनामा बढी लगानी लाग्न सक्छ। प्राविधिको बढी प्रयोग गर्नु पर्ने भएकोले बेमौसमी फूलको उत्पादन गर्दा 50 देखि 60 लाखसम्म लगानी गर्नुपर्ने देखिन्छ।
व्यावसायिक सम्भावना:
अहिलेको समयमा दुख साट्न होस या खुसी बाढन होस् फूल जहाँ पनि अपरिहार्य देखिन्छ। कुनै समारोहमा जाउँ, फूलमालाले समारोहमा रौनक बढाइरहेको हुन्छ ।हरेक चाडपर्व फूलबिना अधुरो देखिन्छ।
हिजोआज त बर्षे भरि विवाह, ब्रतबन्ध, पुराण, आदि कर्महरु परिरहने हुँदा नेपाली समाजमा फूलको बिक्री गर्न खासै गाह्रो पर्दैन। यसो हुँदा माला बनाएर बेच्दा पनि बेच्न सकिन्छ र कुनै सभा, सामाजिक समारोह, विवाह वा कुनै धार्मिक कार्यक्रमहरूमा कार्यक्रम स्थल मै गइ सजावटको सुविधा दिएर पनि आम्दानि गर्न सकिन्छ।
पुष्पजन्य वस्तुको माग वर्षेनी 20 देखि 25% को दरले बढ्दै गएको र गत आर्थिक वर्षमा मात्रै नेपालमा एक अर्ब पाँच करोड रुपैयाभन्दा बढीको कारोबार भएको देख्न सकिन्छ।
अझै पनि झन्डै 20% फूल हामी भारतबाट आयत गर्ने गरेका छौ। आन्तरिक उत्पादन देशभित्रकै माग धान्न नसकेको अवस्थामा पनि हामी केही फूलहरू विदेश निर्यात गरिरहेका छौँ।
अन्ततः फूल उत्पादनको लागि नेपालको माटो उपयुक्त भएको र नेपालले विदेश निर्यात गरेर पनि प्रशस्त आम्दानी गर्न सक्ने भएकोले सरकारले गाँउ-गाउँमा किसानहरूलाई प्राविधिक सीप सिकाउनु पर्ने व्यवसायीहरूको धारणा छ।
यसो हुनाले पुष्प व्यवसाय नेपालमा दिनानुदिन फस्टाउदै गएको छ।
Writer: Sushmita Pokhrel (Kapilvastu) - Bright Krishi Campus, Surkhet
0 Comments