प्राइभेट कलेजहरुमा B.Sc Ag अध्ययनका लागि नि:शुल्क छात्रवृत्ति ; Krishi Update

Schlorship Alert !

शिक्षा मन्त्रालय , छात्रबृति शाखाद्वारा कृषि तथा वनविज्ञान विश्वविद्यालय अन्तर्गतका प्राईभेट कलेजहरूमा B.sc Agriculture विषयमा निशुल्क अध्ययनका लागि दरखास्त माग गरिएको छ ।

Krishi Update

कृषि तथा वनविज्ञान विश्वविद्यालय अन्तरगत देहायका कलेजहरूमा शैक्षिक सत्र २०७७ / ०७८ मा B.SC. Agriculture विषयको निशुल्क अध्ययनका लागि तीस सीट छात्रवृत्ति प्राप्त भएकोमा छात्रवृत्ति सम्बन्धी नियमावली २०६० अनुसार योग्यताक्रम कायम गर्नुपर्ने भएकोले देहायको योग्यता पूरा गरेका ईच्छुक नेपाली नागरिकहरूबाट छात्रवृत्ति शाखाको applyscholarship@most.gov.np इमेलमार्फत दरखास्त आव्हान गरिएको छ । दरखास्त पठाउँदा एकजना उम्मेदवारले एकपटक मात्र इमेल गर्नुपर्ने छ । इमेल गर्दा सामान्य इमेज बनाएर फोल्डरमा जिप गरी पठाउनु पर्ने छ । दरखास्त पठाउनु अघि सबै कागजात दुरुस्त भएनभएको चेक गरेर मात्र गर्न अनुरोध गरिन्छ !

Groups and seats designated for application: (College wise)

  1. Ramnagar Technical College – 5 Seats
  2. Jeevika Agriculture Science College, Sunsari – 5 Seats
  3. Valley Agriculture Campus Lalitpur – 5 Seats
  4. Bright Krishi Campus, Surkhet – 5 Seats
  5. Gorkha Polytechnic, Banke – 5 Seats

Eastern Agriculture Campus Jhapa – 5 Seats
Total seats = 30
Reservations total Setas: 13
General total Seats: 17

१) दरखास्तका लागि आवश्यक न्यूनतम योग्यता

 क) कृषि तथा वनविज्ञान विश्वविद्यालयले २०७७ सालमा सञ्चालन गरको स्नातक तहको प्रवेश परीक्षामा सहभागी भई उत्तीर्ण भएको हुनुपर्नेछ । 

ख) १. दरखास्तका लागि तोकिएको समूह तथा सिट (कलेजगत)

२) दरखास्त दिने म्यादः मिति २०७८ साल साउन २६ गतेदेखि २०७८ साल भाद्र १ गतेसम्म शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय छात्रवृत्ति शाखा, केशरमहलको इमेल applyscholarship@moest.gov.np मा आवश्यक कागजातहरू संलग्न गरी दरखास्त पठाउन सकिने छ । दरखास्तको नमूना यसैसाथ संलग्न छ ।

३) राजस्व सम्बन्धी व्यवस्था: आवेदकहरूले राजस्व बापतको रकम रु १००० एक हजार राष्ट्रिय वाणिज्य बैड काउन्टरमा कार्यालय कोड नं ३५०००३५०१ तथा राजध शीर्षक नं १४२२९ मा दाखिला गरी सोको भौचरको स्क्यान समेत संलग्न राखी छात्रवृत्ति शाखामा निवेदनसाथ पठाउनु पर्नेछ । भौचरको नमूना यसै सूचनाको पृष्ठ भागमा दिइएको छ ।


४) दरखास्त साथ Scan गरी संलग्न गर्नुपर्ने कागजातहरू

  1. पूर्ण रूपमा भरिएको आवेदन फाराम 
  2. राजस्व बुझाएको भौचर
  3. नागरिकता प्रमाण पत्र
  4. कृषि तथा वनविज्ञान विश्वविद्यालयले सञ्चालन गरेको प्रवेश परीक्षाको रोल नम्बर Rank / Merit, विषय,
  5. 10+2 प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरेको शैक्षिक योग्यताको Transcript/ SEE उत्तीर्ण गरेको मार्कसिट
  6. शैक्षिक योग्यता हासिल गरेको बोर्ड नेपाल बाहिरको भए सम्बन्धित बोर्डबाट जारी गरिएको transcript वा मार्कसिटका साथ पाठ्यक्रम विकास केन्द्रबाट प्रतिशत/ ग्रेड खुलाएको समकक्षता पत्र समेतको Scan प्रति संलग्न गर्नुपर्ने छ । 
  7. नागरिकता र शैक्षिक योग्यताको प्रमाण पत्रमा नाम, थर जन्ममिति फरक भएमा एउटै व्यक्ति भएको सम्बन्धित जिल्ला प्रशासन कार्यालयको सिफारिस पत्रको स्क्यान प्रतिसमेत !

ख) Community School Group सामुदायिक विद्यालय तर्फको आरक्षण समूह

आरक्षणका लागि निवेदन दिन चाहने उम्मेदवारहरूले साधारण समूह का लागि तोकिएका कागजातका साथै निम्न कागजात समेत

संलग्न गर्नुपर्नेछ । 

१) SLC उत्तीर्ण गरेको विद्यालय सामुदायिक सरकारी हो भनी सम्बन्धित स्थानीय निकाय वा शिक्षा समन्वय इकाइले प्रदान गरेको सिफारिस पत्र

२) सम्बन्धित गाउँपालिका वा नगरपालिकाले विपन्नताको कारण खुलाई छात्रवृत्ति सम्बन्धी नियमावली, २०६० को अनुसूची १ अनुरुपको ढाँचामा मिति २०७८ साल साउन २६ गते देखि दरखास्त फाराम भर्ने अन्तिम मिति २०७८ भाद्र १ गते सम्ममा जारी गरेको विपन्नताको सिफारिस पत्र । यो पत्र नभएमा दरखास्त आरक्षणतर्फ अस्वीकृत भई साधारण तर्फ तथा अन्य विद्यालय समूहतर्फ मात्र कायम हुने छ

३) आफू सम्बन्धित समुदायको व्यक्ति भएको प्रमाणित हुने गरी निम्न निकायबाट प्रदान गरेको सिफारिश पत्र ।

जनजातिको सिफारिस आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानबाट वा सम्बन्धित जिल्ला प्रशासन कार्यालय वासम्बन्धित स्थानीय निकायबाट !

मधेशीको सिफारिस: जिल्ला प्रशासन कार्यालय वा सम्बन्धित स्थानीय निकायबाट !

दलितको सिफारिस: जिल्ला प्रशासन कार्यालय वा सम्बन्धित स्थानीय निकायबाट वा सम्बन्धित अधिकारिक निकायबाट जारी भएको परिचय पत्र

पिछडिएको तथा दुर्गम क्षेत्र: दरखास्त दिने मितिसम्म तोकिएका सम्बन्धित जिल्लामा बसोबास गरेको सम्बन्धित स्थानीय निकायको प्रमाणित सिफारिस पत्र (बझाङ, बाजुरा, अछाम, जाजरकोट, हुम्ला, जुम्ला मुगु, कालिकोट र डोल्पा) ग) Other School Group अन्यविद्यालय तर्फको आरक्षण समूह यस समूहमा दरखास्त पेस गर्ने उम्मेदवारहरुले माथि साधारण समूहका लागि तोकिएका कागजातका साथै आफू सम्बन्धित समुदायको व्यक्ति भएको प्रमाणित हुने गरी माथि बुदा नं ३ मा तोकिएको निकायको सिफारिस पत्रको सक्कल प्रति दरखास्तसाथ संलग्न हुनुपर्ने छ । सामुदायिक विद्यालय समूहमा उम्मेदवार नभएको अवस्थामा मात्र यस समूहमा निवेदन दिने उम्मेदवारले अवसर प्राप्त गर्न सक्ने छ । सो पनि नभएको अवस्थामा छात्रवृत्ति सम्बन्धी नियमावलीबमोजिम सो आरक्षित सिट साधारण समूहमा रुपान्तरण गरी वितरण गरिने छ ।

४. योग्यताक्रमः

रितपूर्वक दरखास्त पेस गर्ने उम्मेदवारहरुले सम्बन्धित अध्ययन संस्थान वा संकायले सञ्चालन गरेको प्रवेश परीक्षामा प्राप्त गरेको प्राप्ताङ्क तथा Rank र क्षण सम्बन्धी कागज प्रम समेतको अधारमा नियमानुसार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले साधारण तथा आरक्षण समूहको योग्यताक्रम कायम गर्ने छ ।


पुनश्चः फारम भर्ने क्रममा कुनै समस्या भएमा मात्र शाखाको फोन नं ४४१८१६९ मा फोन गरी जानकारी लिन सकिने छ । दरखास्त पठाएको आधा घण्टा जतिपछि मात्र फोन गरी दरखास्त पुगेनपुगेको सुनिश्चित हुनुपर्ने छ । कृपया दरखास्त पठाउँदा आफ्नै इमेल वा अरूको प्रयोग गर्ने बाध्यता भए जवाफ आदानप्रदान हुने इमेलबाट पठाउनु पर्ने छ । आवश्यक पर्दा शाखाबाट फोन हुन सक्ने भएकाले आफूले प्रयोग गर्ने फोन स्पष्ट हुने गरी निवेदनमा उल्लेख गर्नु पर्ने छ ।

For More details go through this link ://moe.gov.np/assets/uploads/files/Notice-II-B.SC_._Agriculture_.pdf

SAMPLE IMAGES 

Krishi Update

Krishi Update

Krishi Update


Post a Comment

0 Comments